विद्युत अपडेट
  • प्राधिकरण :९१९८ मे.वा.घन्टा
  • सहायक कम्पनी :५४४० मे.वा.घन्टा
  • निजी क्षेत्र :१३९०० मे.वा.घन्टा
  • आयात : ४०३ मे.वा.घन्टा
  • निर्यात :२१३८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग :२८९४२ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी :०० मे.वा.
  • निजी क्षेत्र :०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ :०० मे.वा.
  • उच्च माग :१६९० मे.वा.
२०७९ मङ्सिर २१, बुधबार

विश्वको जलविद्युत जडित क्षमता १२ लाख मेगावाट, ३६ अर्ब ३० कराेड अमेरिकी डलर लगानी

२०७८ फाल्गुण १

काठमाडौं । विश्वको जलविद्युत जडित क्षमता यो वर्ष १२ लाख मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । रिस्टैण्ड इनर्जी रिसर्चले हालै गरेको अध्ययन अनुसार सन् २०२२ मा विश्व बजारमा जलविद्युत जडित क्षमता यति  पुग्ने देखिएको हो ।

यो अवधिमा विश्वभर जलविद्युतमा भएको लगानी पनि ३६ अर्ब ३० करोड अमेरिकी डलर पुग्ने अध्ययन रिर्पोटमा जनाइएको छ । ‘सबैभन्दा महत्त्वपूर्ण नवीकरणीय ऊर्जाकोरूपमा जलविद्युत क्षेत्रले आफ्नो स्थितिलाई बलियो बनाउँदै लगिरहेको छ,’ अध्ययन रिर्पोटमा भनिएको छ,‘कोइला र प्राकृतिक ग्यासपछिको स्थान जलविद्युतले लिएको छ ।’ 

विश्वको जलविद्युत उत्पादन परमाणु ऊर्जाको तुलनामा ६० प्रतिशत बढी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०२१ मा १४ हजार मेगावाट र सन् २०२० मा १७ हजार मेगावाट विद्युत विश्वभरबाट थपिएको थियो ।

यसअघि भएका अन्य अध्ययनमा भने सन् २०२० मा नै विश्वको जलविद्युत जडित क्षमता १३ लाख ३० हजार मेगावाट पुगेको भनिएको थियो । सन् २०२१ मा अन्तर्राष्ट्रिय हाइड्रो पावर एसोशिएसनले सार्वजनिक गरेको रिर्पोटमा अघिल्लो वर्षको तुलनामा जलविद्युत उत्पादन १.६ प्रतिशत बृद्धि भई जडित क्षमता १३ लाख ३० हजार मेगावाट रहेको उल्लेख थियो ।

सन् २०२० अघिसम्म सौर्य र वायु ऊर्जामा लगानी ह्वात्तै बढे पनि जलविद्युतमा हुने लगानीको अवस्था सुस्त थियो । नवीकरणीय ऊर्जामा जलविद्युतको महत्त्व बढ्दै गएसँगै यो क्षेत्रमा आउने लगानी पनि बढ्दै गएको अध्ययन रिर्पोटमा जनाइएको छ । जलविद्युतलाई बढ्दो कार्बन उत्सर्जन घटाउने मेरुदण्ड मानिएको जलविद्युत दशकबाट सुरु भएको थियो ।

पछिल्लो दुई दशक अवधिमा जलविद्युत उत्पादन बढेर १२ लाख मेगावाट पुगेको छ । सन् २००० सम्म ६ लाख ८० हजार मेगावाट रहेको विश्वको जलविद्युत जडित क्षमता सन् २०२२ सम्म आइपुग्दा १२ लाख मेगावाट पुगेको रिर्पोटमा उल्लेख छ । जलविद्युत उत्पादनमा भएको यो ७५ प्रतिशतको बृद्धि हो ।

जलविद्युत उत्पादनको यो दौडमा चीन ३ लाख ४० हजार मेगावाटसहित पहिलो स्थानमा छ । १ लाख १२ हजार मेगावाट जलविद्युत उत्पादन गरेको ब्राजिल दोस्रो स्थानमा छ । तेस्रो स्थानको अमेरिकाले आफ्नो जलविद्युत जडित क्षमता ८४ हजार मेगावाट पुर्याएको छ ।

चौंथोमा ८१ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने क्यानडा छ । पाँचौं स्थानको रुसको पनि ५ हजार मेगावाट पुगेको छ । विश्वमै अधिक जलविद्युत उत्पादन गर्ने चीनले एसियाको पनि नेतृत्व गरिरहेको छ । उसलाई अनुसरण गर्दै एसियाली देशले पनि जलविद्युतमा लगानी र उत्पादन बढाउँदै लगेका छन् । 

सन् २०१७ सम्म ४ लाख ६२ हजार मेगावाट रहेको एसियाको जलविद्युत जडित क्षमता सन् २०२२ मा ५ लाख १४ हजार मेगावाट पुगेको अनुमान छ ।ब्राजिलले दक्षिण अमेरिकी देशहरूलाई जलविद्युत उत्पादनमा उत्प्रेरित गर्दै लगिरहेको छ ।

यही अवधिमा दक्षिण अमेरिकाको जलविद्युत जडित क्षमता १ लाख ७५ हजार मेगावाटबाट बढेर १ लाख ९२ हजार मेगावाट पुगेको अनुमान छ । सन् २०३० सम्ममा एसिया र अफ्रिका महादेशमा जलविद्युत उत्पादन अधिक बढ्ने अनुमान रिर्पोटमा गरिएको छ ।

चीन एक्लैले सन् २०२१ मा १६ हजार मेगावाटको बैहेतन जलविद्युत आयोजनाको २ वटा  युनिटबाट विद्युत उत्पादन सुरु गरेको थियो । यो वर्षको अनत्यसम्ममा आयोजनाको १६ वटै उत्पादन युनिट सञ्चालनमा आइसक्ने छन् ।

अफ्रिकामा इथियोपिया, मोजाम्बिक र युगान्डाले सन् २०१७ देखि २०२३ सम्मको अवधिमा जलविद्युत उत्पादन  वार्षिकरूपमा २.५ प्रतिशत बृद्धि गर्ने अनुमान गरिएको छ । एसिया र अफ्रिकी देशहरूमा ठूला जलविद्युत आयोजना सरकारको नेतृत्वमा अघि बढाइएको छ ।

अध्ययन रिर्पोटअनुसार आगामी ५ वर्षमा चीनको जलविद्युत विकासको गतिमा मन्दी आउने अनुमान गरिएको छ । जलवायु परिवर्तन प्रभावको बढ्दो चिन्ताका कारण ठूला जलविद्युत आयोजनामा लगानी गर्नुपर्ने र आर्थिक हिसाबले सम्भाव्य आयोजनाको संख्या घट्दै गएकाले विकास गति सुस्त हुने अनुमान गरिएको हो । यता भारतले भने सन् २०३० सम्ममा जलविद्युत जडित क्षमता ७३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद