विद्युत अपडेट
  • प्राधिकरण : ८८४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७५१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : ११०१ मे.वा.घन्टा
  • निर्यात : ८८५४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४२११८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८६९ मे.वा.
२०७९ साउन ३१, मङ्गलबार

सेयर

राप्ती हाइड्रोको सेयर आवेदन दिने आज अन्तिम दिन

२०७९ असार १०

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जेठ २४ गतेदेखि स्थानीयका लागि खुल्ला गरेको सेयर आवोदन अवधि साँझ ५ बजे बाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित ६ करोड १२ लाख ७९ हाजार ३ सय रुपैयाँ बराबरको ६ लाख १२ हजार ६९३ कित्ता साधारण सेयर  खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुुुसार  आयोजनाले प्रभाव पार्ने रुकुम जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले १० कित्तादेखि ६ लाख कित्ता सम्म अवेदन दिन सक्नेछन्

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीलकाे रुकुम जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बग्ने रुकुमगाड खोलामा ५ मेगावाट क्षमताको आयोजना निर्माणाधीन  छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको छिप्री दह र मुसिकोट शाखा, सिदार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरिने छ।  

images