विद्युत अपडेट
  • प्राधिकरण : ९९४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७५१ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८३१९ मे.वा.घन्टा
  • आयात : ११०१ मे.वा.घन्टा
  • निर्यात : ८८५४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४२११८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १८६९ मे.वा.
२०७९ साउन ३१, मङ्गलबार

जलविद्युत

तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

२०७८ ब‌ैशाख १३

काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परीक्षण (वेट टेस्ट) का लागि पानी भर्ने तयारी भइरहेको छ । बैशाख १२ गते अर्थात् आइतबारदेखि परीक्षण गर्न पानी हाल्ने भनिए पनि उपकरणहरूको परीक्षण (ड्राई टेस्ट) पूरा नहुँदा अझै एक–दुई दिन लाग्ने भएको छ ।

अहिले आयोजनाको बाँधमा पानी जम्मा गरेर त्यसको परीक्षण भइरहेको छ । यसअघि अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडको योजना अनुसार बैशाख १२ गते सुरुङमा पानी भर्न सुरु गर्ने, पानी भर्न करिब १०–१२ दिन लाग्ने त्यसपछि परीक्षण सफल भएपछि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने तालिका थियो ।

कम्पनीका अध्यक्षसमेत रहेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सुरुमा बैशाखको अन्तिम साताभित्र ६ युनिटमध्ये पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन गर्ने बताउँदै आएका थिए । तर, उपकरण परीक्षणमा समय लागेपछि सुरुङमा पानी भरेर परीक्षण गर्ने र विद्युत् उत्पादनको तालिका पछि सरेको छ । अहिले जेठ ३ गतेसम्म पहिलो युनिट सञ्चालन गर्ने योजना छ ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले आयोजना उद्घाटन गर्नुपर्ने भन्दै दबाब दिएपछि अहिले काममा चाप परेको छ । कम्पनी तथा आयोजनाका उच्च तहका अधिकांश कर्मचारी निर्माणस्थलमै खटिएका छन् । उद्घाटनको चटारोका कारण पनि कर्मचारीलाई छिटो काम गर्न दबाब परेको छ ।

यद्यपि, परीक्षणपछि कुनै समस्या नआओस् भनेर कर्मचारीहरूले त्यसमा पूरा समय लगाएको देखिन्छ । आयोजनाका सिभिल लगायतका संरचनाको निर्माण करिब दुई वर्षअघि नै पूरा भएका थिए । विद्युत्गृहको निर्माण पूरा भएको समेत दुई वर्ष बितिसक्यो । अब एक–दुई दिनबाट सुरुङको परीक्षण सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्प, त्यस लगत्तै भारतले गरेको नाकाबन्दीका कारण आयोजना निर्माणको अवधि करिब एक–डेढ वर्ष लम्बिएको थियो । उता लट–२ अर्थात् इलेक्ट्रो मेकानिकलतर्फको कामको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सक्याकोले काममा ढिलाई गर्दा पनि निर्माण अवधि केही लम्बिएको हो ।

‘हतारमा काम गरेर उद्घाटन गर्दा मेलम्ची खानेपानी आयोजनामा समस्या आयो, हामी यहाँ त्यो उदाहरण नदोहोरियोस् भनेर लागिरहेका छौं, माथिल्लो निकायबाट दबाब परे पनि हामीले उपकरणको परीक्षणमा समय दिइरहेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘अब सकेसम्म १४ गते राति वा १५ गते बिहानबाट सुरुङमा पानी भर्न सुरु हुन्छ ।’

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्प, त्यस लगत्तै भारतले गरेको नाकाबन्दीका कारण आयोजना निर्माणको अवधि करिब एक–डेढ वर्ष लम्बिएको थियो । उता लट–२ अर्थात् इलेक्ट्रो मेकानिकलतर्फको कामको जिम्मा पाएको भारतीय ठेकेदार टेक्सक्याकोले काममा ढिलाई गर्दा पनि निर्माण अवधि केही लम्बिएको हो ।

तामाकोसी व्यवस्थापनले समयमै भारतीय ठेकेदारलाई दबाब दिएर काम गराउन सकेन । पछि, बिजुली उत्पादन ढिलो हुने संकेत देखिएपछि दबाब दिँदा ठेकेदारले टेरेन । व्यवस्थापन समयमै संवेदनशील नहुँदा अन्तिम समयमा एउटा ठेकेदारसँग वार्ता गर्न तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरे कोलकाता जानुपरेको थियो ।

पछिल्लो समय टेक्सम्याकोले एक्सपान्सन जोइन्टका लागि आवश्यक उपकरण उत्पादन नगर्दा समस्या देखिएको थियो । तर, यसलाई कम्पनीका अध्यक्ष शाक्यले वैकल्पिक उपाय अपनाएर कामलाई तीव्रता दिन निर्देशन दिएपछि रोकिएको काम अगाडि बढेको थियो ।

२०६८ जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र ऊर्जा मन्त्री गोकर्ण विष्टले शिलन्यास गरेको आयोजना निर्माणले अहिलेसम्म १० वर्ष गुजारिसकेको छ । निर्माणका गतिविधि त २०६५/६६ सालदेखि सुरु गरिएको थियो ।

लागतमा प्रभाव

निर्माण सुरु हुँदा आयोजनाको कूल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । जुन, निर्माण अवधिको बैंक ब्याजबाहेकको थियो । ब्याजसहित आयोजनाको लागत करिब ४२ अर्ब ५० करोड रुपैयाँ थियो । यो आधारमा आयोजनाको प्रतिमेगावाट लागत करिब ९ करोड ३२ लाख रुपैयाँ हुन आउँछ ।

आयोजनाबाट २०७० सालभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । सुरुको लक्ष्यको तुलनामा आयोजनाको निर्माण अवधि ७ वर्षभन्दा बढी लम्बिएको छ । यसबीचमा सबैभन्दा बढी असर बैंकको ब्याज र अमेरिकी डलर सटहीमै परेको देखिन्छ । आयोजनाका एक उच्च अधिकारीका अनुसार अहिले आयोजनाको लागत करिब ५५ अर्ब र ब्याज झन्डै ३४ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त तथ्यांकका आधारमा आयोजनाको कूल लागत ८९ अर्ब रुपैयाँ पुग्ने देखिन्छ । जसअनुसार प्रतिमेगावाट लागत करिब १९ करोड ५१ लाख रुपैयाँ पुग्ने देखिन्छ । यद्यपि, निर्माणका सबै काम पूरा भएर ६ वटै युनिट सञ्चालनमा आउँदासम्म लागत १०० अर्ब रुपैयाँ पुग्ने आयोजनाकै अधिकारीहरूको दाबी छ ।

यदि, लागत १०० अर्ब रुपैयाँ पुग्यो भने प्रतिमेगावाट लागत झन्डै २२ करोड रुपैयाँ हुन जान्छ । प्रतिमेगावाट ९ करोड ३२ लाख रुपैयाँमा पूरा हुने अनुमान गरिएको आयोजनाको लागत दोब्बरभन्दा बढी हुनु एउटा गम्भीर विषय हो ।

यदि, लागत १०० अर्ब रुपैयाँ पुग्यो भने प्रतिमेगावाट लागत झन्डै २२ करोड रुपैयाँ हुन जान्छ । प्रतिमेगावाट ९ करोड ३२ लाख रुपैयाँमा पूरा हुने अनुमान गरिएको आयोजनाको लागत दोब्बरभन्दा बढी हुनु एउटा गम्भीर विषय हो । यद्यपि, अहिलेको प्रक्षेपण अनुसार आगामी असारसम्म जम्मा लागत ८५ अर्ब रुपैयाँ पुग्ने कम्पनीका सचिव रामसुन्दर श्रेष्ठले जानकारी दिए ।

आयोजनाको लागत ८५ अर्ब रुपैयाँमै रोकियो भने प्रतिमेगावाट लागत करिब १८ करोड ६४ लाख रुपैयाँ हुन्छ । यही आधारमा पनि सुरुको ९ करोड ३२ लाख रुपैयाँको तुलनामा १८ करोड ६४ लाख रुपैयाँ हुनु दोब्बरभन्दा बढी भयो । यसो हुँदा विद्युत् उत्पादन भएको दुई वर्षसम्म आयोजनाले प्रतिफल दिन नसक्ने कम्पनीकै उच्च अधिकारीहरूले बताइरहेका छन् ।

अझ आयोजनाको बर्खामा उत्पादित विद्युत् पूर्ण रूपमा खपत हुने आधार छैन । यदि, बर्खाको विद्युत् अर्थात् सञ्चित पानी खेर फाल्नुपर्ने स्थिति देखियो भने आयोजनाबाट हुने आम्दानीमा थप असर पर्नेछ । उता विद्युत् प्राधिकरण भारतीय एक्सचेन्ज बजारको सदस्य भएकोले सुरुमा तामाकोसीको बर्खाको बिजुली बेच्न प्रस्ताव गरेको छ ।

images